माधव नेपालपक्ष नयाँ दल दर्ता गर्ने तयारीमा, अध्यादेश पर्खंदै

  • भदौ २, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालपक्ष नयाँ दल दर्ता गर्ने तयारीमा जुटेको छ। नयाँ दल दर्ता गर्नाका लागि नेपालपक्षका नेता राष्ट्रपतिबाट दल विभाजन सम्बन्धी अध्यादेश जारी हुने पर्खाइमा रहेका छन्।

पार्टी एकता गर्न दुबैपक्षबाट हदैसम्मको प्रयास गरेपनि सबै विकल्प बन्द भएपछि नयाँ दल दर्ता गर्ने पर्खाइमा बसेको नेपालपक्षका एक नेताले बताए।
पार्टीको विधान सांगठनिक संरचना सबै तयार भइसकेकाले राष्ट्रपतिबाट अध्यादेश जारी भए लगतै पार्टीको नाम र चुनाव चिह्न टुंगो लगाएर नयाँ दल दर्ता गर्ने नेपालपक्षका एक केन्द्रीय सदस्यले बताए। ‘नयाँ दल दर्ता गर्न आवश्यक हुने सबै कागजपत्र तयार भइसक्यो। अब पार्टी नाम र चुनाव चिह्न फाइनल गर्नुपर्ने छ’, ति केन्द्रीय सदस्यले भने, ‘राष्ट्रपतिबाट दल विभाजन गर्न सहज हुने अध्यादेश जारी गर्ने पखाइमा छौं। अध्यादेश जारी भए लगत्तै नयाँ दल दर्ता गर्न निर्वाचन आयोग जान्छौं।’

नयाँ दल दर्ताका लागि आवश्यक सबै कागजपत्र तयार भएको र प्रिन्ट गर्न मात्रै वाँकी रहेको ति नेताको दाबी छ।

पार्टी नाम र चुनाव चिह्न सबैलाई मिल्नेगरी बनाउँ भन्ने भएपछि त्यस विषयमा छलफल चलिरहेको उनले बताए। ‘पार्टीको नाम र चुनाव चिह्नका विषयमा नेतैपिच्छे सुझाव आउँन थाल्यो। कसैले ुनेकपा एमाले समाजवादीु राखौं भन्छन्, कसैले ुनेकपा एकीकृतु राखौं भन्छन्, कसैले ुनेकपा एमाले जनवादी राखौुं भन्छन्। पार्टीको नामका विषयमा टुंगो नलागेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved