नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान जाँदै

  • भदौ ३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक क्रिकेट श्रृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली अर्को साता ओमान जाँदैछ । ओमान जाने टोलीमा नेपालका १७ खेलाडी सामेल हुनेछन् । हाल बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीमध्ये दुई जना मात्रै अन्तिम सूचीबाट फालिनेछन् ।

यही शुक्रवारसम्म अन्तिम टोलीको टुंगो लगाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक एक दिवसिय श्रृंखला खेल्नेछ । श्रृंखलामा सबै टोलीले एक अर्कासँग दुई दुईवटा खेल खेल्नेछ । त्रिकोणात्मक श्रृंखला अघि तयारीको लागि नेपालले पपुवा न्युगिनी (पि.एन.जी) सँग दुई वटा उक दिवसिय खेल खेल्नेछ ।

ओमानमा नेपाली टोलीको २४ घण्टाभित्र एक पिसिआर परिक्षण हुने छ । खेलाडीको रिपोर्ट नेगेटिभ आएमा क्वारेनटाइन बस्नु पर्ने छैन ।

नेपाली टोलीले साउन तेस्रो सातादेखि बन्द प्रशिक्षण गरिरहेको छ । क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा पूर्व कप्तान पारस खड्का सन्न्यासको कारण सहभागि भएनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved