संयोजकबाट कमल थापाको राजीनामा

  • भदौ ५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट राजीनामा दिएका छन्।

थापाले उक्त जिम्मेवारी अध्यक्षद्वय पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीमध्ये एकलाई लिन आग्रह गरेका छन्। साथै‚ उनले राणा वा लोहनीले पनि उक्त जिम्मेवारी नलिए पार्टीका कुनै वरिष्ठ नेतालाई जिम्मेवारी दिनुपर्ने बताएका छन्।

‘राप्रपाको स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको छु‚’ थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्‚ ‘अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीमध्ये एकले सो जिम्मेवारी लिन वा पार्टीका अन्य कुनै वरिष्ठ नेतालाई संयोजक बनाउन आग्रह गरेको छु।’ राप्रपाको हालै बसेको बैठकले थापाले उक्त समितिको संयोजकको जिम्मेवारी दिएको थियो।kaggggggg

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved