प्रधानमन्त्री देउवा र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

  • भदौ ६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भारतीय जनता पार्टी विदेश विभाग प्रमुख डा। विजय मुरलीधर चौथाइवालेले भेटवार्ता गरेका छन्। आइतबार अपरान्ह काठमाडौं आएका चौथाइवालेले बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन्।
भेटमा चौथाइवाले कांग्रेस र भारतीय जनता पार्टीको सम्बन्ध सुमधुर बनाउनु पर्नेमा जोड दिए। उनले देउवालाई प्रधानमन्त्री बनेकोमा बधाई समेत दिएको बालुवाटार स्रोतले जनाएको छ। देउवा प्रधानमन्त्री बनेपछि माथिल्लोस्तरका भारतीय नेताको यो पहिलो भ्रमण हो। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिन्छन्।

देउवा र चौथाइवालेबीच भेटमा नेपाल(भारत सम्बन्ध, सीमा विवाद, महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाको व्यासका जयसिंह धामीको विषयमा समेत छलफल भएको बुझिएको छ। चौथाइवाले प्रधानमन्त्रीसँग भेट गरेको जानकारी दिँदै ट्वीट समेत गरेका छन्।

उनले जनैपुर्णिमा र रक्षाबन्धनको शुभ अवसरमा देउवालाई बधाई पनि दिएको बताएका छन्। उनी प्रधानमन्त्री देउवाको निमन्त्रणमा बालुवाटार पुगेका हुन्। अनौपचारिक भ्रमणमा रहेका चौथाइवालेको भ्रमणको उद्देश्य र भेटघाटका पात्रहरुको बारेमा खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved