लोकतान्त्रिक समाजवादी पार्टी कार्यकारिणी समितिको बैठक आज बस्दै

  • भदौ १२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ। बबरमहलस्थित पार्टी कार्यालयमा शनिबार दिउँसो १२ बजे बस्ने बैठकमा संगठन निर्माणको विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।

कर्णका अनुसार बैठकमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने विषयमा छलफल हुनेछ। आन्तरिक रुपमा सांगठनिक संरचना निर्माण कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा नेताहरुबीच कुराकानी हुनेछ।

पार्टी सदस्यता, विधान घोषणा र नियमावलीबारे पनि छलफल गर्ने तयारी छ। महन्थ ठाकुर नेतृत्वको लोसपाले निर्वाचन आयोगबाट आधिकारीकाता प्राप्त गरेपछि शनिबार दोस्रो बैठक बस्न लागेको हो।

नयाँ दल दर्ता भएको २१ दिनभित्र पुरानै दलमा रहेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहले दल रोज्न पाउने व्यस्था गरिएको छ। स्थानीय तहका लागि जिल्ला निर्वाचन कार्यालयमा र प्रदेश सदस्यहरूका लागि प्रादेशिक निर्वाचन कार्यालयमा अनुसूचीअनुसार बनाउने काम सुरु भएको नेता कर्णले बताए। भदौ २३ गतेसम्म स्वघोषणा गर्ने गरी तयारी अघि बढाएको उनको भनाइ छ।

निर्वाचन आयोगमा लोसपा दल दर्ता गराएपछि बिहीवार पहिलो बैठक बसेको थियो। निर्वाचन आयोगले लोसपा पार्टी दर्ता भएको पत्र संसद सचिवालयमा पठाएको छ। सचिवालयले लोसपालाई पनि अन्य दललाई जस्तै सुविधा दिने तयारी अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved