कांग्रेस जिल्ला सभापतिहरुको रिले अनशन तोडियो

  • भदौ १२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका जिल्ला सभापतिले थालेको रिले अनशन तोडिएको छ।

भदौ ८ गतेदेखि पार्टी कार्यालय सानेपामा जारी अनसन ५ दिनपछि शनिबार बेलुकी तोडिएको हो। उनीहरूले राखेका माग सम्बोधन गर्न पार्टी नेतृत्व तयार भएपछि आन्दोलन फिर्ता लिएका हुन्।

क्रियाशील सदस्यता विवाद समाधान समितिका तर्फबाट पूर्व महामन्त्री कृष्ण सिटौला तथा सदस्यहरू डा।मिनेन्द्र रिजाल र रमेश लेखकले जुस खुवाएर अनसन तोडाएका हुन्।

त्यसक्रममा सिटौला, रिजाल र लेखकलगायतका नेताहरू अनसन स्थल गएर सम्बोधन गरेका थिए। नेताहरूले नेतृत्वबीचको भएको सहमति पनि जिल्ला सभापतिलाई जानकारी गराएका थिए।

कांग्रेस नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले कार्यदलका सदस्यहरूले विधिसम्मत आएका क्रियाशील सदस्यहरूको नाम छुटेको भए फेरी नामावलीमा समावेश गर्ने प्रतिबद्धता जनाएपछि अनसन तोडिएको बताए।

केसीले मुद्दाका विषयमा सहमति भइसकेपछि अनसन तोड्दै सबैले १४ औं महाधिवेशनको तयारीमा जुट्न आह्वान गरिएको पनि बताए। जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने र त्यसमा भएको त्रुटी सच्याउने मौका दिइनुपर्ने माग मुख्य रूपमा राखेका थिए।

हिजो सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको वार्तामा ती माग पूरा गर्ने सहमति बनेको थियो। बुधबार बिहान ११ बजेदेखि बिहीबार बिहान ११ बजेसम्म नुवाकोट सभापति केसी, काभ्रे सभापति मधु आचार्य र धादिङ सभापति रमेश धमला २४ घण्टे रिले अनशन बसेका थिए।

उनीहरूलाई अनशनमा नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण र नेता डिल्लीराम सुवेदीले साथ दिएका थिए। बिहीबार बिहान ११ बजेदेखि शुक्रबार बिहान ११ बजेसम्म सिन्धुपाल्चोकका सभापति विकास लामा, तनहुँका सभापति बैकुण्ठ न्यौपाने, सुर्खेतका सभापति कमल रेग्मी २४ घण्टे रिले अनशनमा बसेका थिए।

उनीहरूलाई भातृ संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ०का नेताहरू मनोजमणि आचार्य र प्रमोदहरि गुरागाईँले साथ दिएका थिए। शुक्रबार बिहान ११ बजेदेखि साँझसम्म उदयपुरका सभापति विदुर बस्नेत, संखुवासभाका सभापति दिपन श्रेष्ठ र काठमाडौंका सभापति कृष्ण सबुज बानियाँ रिले अनशनमा बसेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved