नेकपा (एकीकृत समाजवादी) ले आज संसदीय दलको नेता चयन गर्दै

  • भदौ १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आज संसदीय दलको नेता चयन गर्ने भएको छ ।

दलको नेता चयन गर्न आज संसदीय दलको बैठक बोलाइएको नेता मेटमणि चौधरीले जानकारी दिए। बिहान ११ बजे बस्ने बैठकले दलको नेता छान्ने चौधरीले बताए। त्यसपछि संसदीय दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक छान्ने कार्यक्रम रहेको पनि उनले बताए। एकीकृत समाजवादीमा माधवकुमार नेपाल नै दलको नेता बन्ने पक्का छ।

एकीकृत समाजवादीमा प्रतिनिधि सभाका २३ र राष्ट्रिय सभाका सात सांसद् छन्। प्रतिनिधि सभाका माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु, प्रेमबहादुर आले, मेटमणि चौधरी,सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन, कृष्णकुमार श्रेष्ठ, कलिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम,पार्वतीकुमारी विशुंखे,लक्ष्मी चौधरी, विना बुढाथोकी र झलनाथ खनाल छन्।

राष्ट्रिय सभाका डाक्टर वेदुराम भुसाल, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा ९पौड्याल०, सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं र शान्तिकुमारी अधिकारी जिसी एकीकृत समाजवादीमा छन्। एमालेबाट छुट्टिएका माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले भदौ ९ गते नयाँ दलको वैधानिकता पाएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved