इरानमा युक्रेनी विमान दुर्घटना हुँदा सवार १७६ जनाकै मृत्यु

  • पुस २३, २०७६
  • कालापानी मिडिया
alt

इरानको तेहरानमा रहेको विमानस्थलबाट उडे लगत्तै दुर्घटनाग्रस्त भएको युक्रेनी विमानमा रहेका सबैको मृत्यु भएको इरान तथा युक्रेनका अधिकारीले बताएका छन् ।

इरान र युक्रेनका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले विमानमा रहेका १७६ जनाको मृत्यु भएको उल्लेख गरेको छ । बधुबार बिहान तेहरानको इमाम खोमेइनी विमानस्थलबाट १६७ यात्रु र चालक दलका ९ सदस्य गरी कुल १७६ जनासहित उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको हो ।

अहिलेसम्म दुर्घटनाबारे युक्रेन अन्तर्राष्टिय एयरलाइन्सले केही बताएको छैन । विमान खसेको ठाउँमा भीषण आगो लागेका कारण उद्धार गर्न नसकिएको इरानको आपतकालीन सेवाका प्रमुख पिर्होसेइन कोउलिभान्डले इरानी टेलिभिजनलाई बताएका छन् । घटनास्थलमा २२ एम्बुलेन्स, चारवटा ठूला एम्बुलेन्स र हेलिकप्टर पुगेका थिए तर उद्धार गर्न नसकिएको उनले बताएका छन् ।

दुर्घटनामा परेको विमान बोइङ्ग ७३७–एनजी रहेको र सो विमान तीन वर्ष पुरानो रहेको जनाइएको छ । बोइङ्गको ७३७ म्याक्स सिरिजका दुई विमान दुर्घटनामा ३४६ जनाको ज्यान गएपछि सो संस्करणका विमान अहिले ग्राउण्डेड छन् । इरानमा दुर्घटनामा परेको विमान सो संस्करणको नभए पनि बोइङ्ग कै हो ।
जेट विमान उडान भरेको केही बेरपछि नै तेहरानको दक्षिण पश्चिमी क्षेत्र पारान्डमा दुर्घटनाग्रस्त भएको हो । फार्स स्टेट न्युज एजेन्सीका अनुसार विमान युक्रेनको राजधानी किएभका लागि उडेको थियो । इरान–अमेरिकाबिच हाल कायम तनाव र विमान दुर्घटनाबिच सम्बन्ध नरहे–नरहेको स्पष्ट भएको छैन । उद्धार टोली घटनास्थल पुगेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved