छाडा चौपाया छाड्ने नगरवासीलाई अत्यावश्यकबाहेकका सेवाबाट बञ्चित

  • भदौ १५, २०७८
  • कालापानी मिडिया
alt

कञ्चनपुर । भीमदत्त नगरपालिकाले चौपाया ल्याएर बजार क्षेत्रमा छाडा छाड्ने नगरवासीलाई अत्यावश्यकबाहेकका सेवा रोक्का गर्ने भएको छ। महेन्द्रनगरमा छाडा चौपाया छाड्ने क्रम बढ्न थालेपछि नियन्त्रणका लागि नगरपालिकाले यस्तो कदम चालेको हो।

‘छाडा पशु चौपाया नियन्त्रणका लागि नगरपालिका लागिपरेको छ। त्यसका लागि कानुन बनाइएको छ‚’ नगर प्रमुख सुरेन्द्र विष्टले भने, ‘चौपाया छाड्ने व्यक्तिको अब अत्यावश्यकबाहेकका सेवा रोक्छौं।’

छाडा चौपायाले गर्दा बजार क्षेत्रमा व्यवसायीले सास्ती खेप्दै आएका छन्। बजारको सुन्दरता बिग्रंदै जान थालेको छ। सवारी दुर्घटनाका घटनाहरु समेत बढन थालेका छन्। ट्राफिक व्यवस्थामा समस्या निम्तिन थालेकाले छाडा चौपाया छाड्ने माथि निगरानी राख्ने कार्यसहित सेवा प्रवाह रोक्ने नगर प्रमुख विष्टको भनाइ छ।

स्थानीय तह निर्वाचनपछि नगर प्रमख विष्टले पहिलो नगर सभाबाट छाडा चौपाया व्यवस्थापनका लागि नीतिगत निर्णय गरी बजेट विनियोजन गराएका थिए। छाडा पशु चौपाया व्यवस्थापनका लागि निर्देशिका बनाएर वडा कार्यालयलाई व्यवस्थापनको जिम्मेवारी दिइएको छ।

बागफाँटा र ब्रह्मदेवमा छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरी सञ्चालन गरिएका थिए। ब्रह्मदेवमा गौ अनुसन्धान केन्द्रका रुपमा गौशाला निर्माण गरिएको छ। तर पनि बजार क्षेत्रमा चौपाया छाडने क्रम भने रोकिएको छैन।

स्थानीय तह निर्वाचनमा स्थानीयले छाडा पशु चौपाया व्यवस्थापनको मागअघि सारेका थिए। नगरवासीको मागअनुसार गौशाला बनाएर चौपाया नियन्त्रण गरिएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved