जयसिंह धामी बेपत्ता घटना एसएसबीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस

  • भदौ १६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं। सरकारद्वारा गठित दार्चुला घटना छानबिन समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल ९एसएसबी०को संलग्नता रहेको निष्कर्ष निकालेको छ।

मंगलबार सरकारलाई प्रतिवेदन बुझाउँदै समितिले घटनामा संलग्न एसएसबीमाथी अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न सुझाव पनि दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकाली दार्चुलाको तुइन घटना छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको भन्दै यससम्बन्धी संक्षिप्त जानकारी विवरण दिइएको हो ।

मंगलबार गृह मन्त्रालयमा समितिका संयोजक सहसचिव जनार्दन गौतमले एक महिना लामो समय लगाएर तयार पारिएको प्रतिवेदन बुझाउनुभएको हो ।

सरकारले यस घटनामा छानबिन गर्न साउन १७ गते सहसचिव गौतमको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।

२०७८ साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका-२ मालका ३३ वर्षका जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए । उनको खोजी भइरहे पनि अहिलेसम्म फेला पार्न सकिएको छैन ।

तुइनबाट भारतीय भूमि गस्कु हुँदै दार्चुला सदरमुकाम खलंगा हिँडेका धामी तुइनबाट महाकाली पार गर्नै लाग्दा ‘भारतीय सशस्त्र सीमा बल ९एसएसबी०ले लट्टा खुस्काइदिएपछि’ बेपत्ता भएका स्थानीयको भनाइ छ ।

सरकारले समितिको प्रतिवेदन नआउँदै परिवारलाई दश लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि गरिसकेको छ । प्रतिवेदन नै नआई क्षतिपूर्ति दिएर घटना सामसुम बनाउन खोजिएको भन्दै सरकारी निर्णयको आलोचना पनि उत्तिकै भइरहेको छ ।

darchula-tuien-prakaran

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved