एमाले देशको सबैभन्दा धनी पार्टी हो

  • भदौ १६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । एमाले देशको सबैभन्दा धनी पार्टी हो, उसँग केन्द्रदेखि जिल्लासम्म मात्र होइन, विदेशमा पनि सम्पति छ । दल विभाजन हुँदा सम्पत्तिमा लाग्ने दाबीबारे स्पष्ट कानुनी व्यवस्था नभएकाले सरोकारवाले फरक फरक व्याख्या गरिरहेका छन् ।

दल दर्ता गरेर छुट्टिएको माधव कुमार नेपाल नेतृत्वको नेकपा एसले सम्पत्तिमा कानुनी दाबी गर्ने आधार खोज्न थालेको छ । एमालेले भने फुटेको दलले चल अचल कुनै पनि सम्पत्तिमा दाबी गर्ने कानुनी आधार नरहेको निष्कर्षसहित देशभर पुनःअभिलेखीकरणको लागि काम अगाडि बढाएको छ ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले छुट्टिएर गएको दलले पार्टीको सम्पत्तिमा दाबी गर्न नमिल्ने बताए । ‘राजनितिक दलसम्बन्धी ऐनमा पार्टी विभाजन हुँदै सम्पत्ति भागबन्डा गर्नुपर्ने कुनै व्यवस्था छैन । परिवार छुट्टिँदा अंशबन्डा गर्ने कानुनी व्यवस्था भए पनि पार्टीबाट छुटिँदा सम्पत्तिको अंशबन्डा हुने विषय कुनै पनि कानुन छैन ।,’ केन्द्रीय कार्यालय सचिव तामाङले भने, ‘बरु, विशुद्ध एमालेलाई फुटाउने गरी अध्यादेश ल्याउँदा सम्पत्ति भागबन्डाको विषय राख्नै बिर्सिनुभएछ । त्यसैले कानुनमा व्यवस्था नभई उहाँहरुले कुनै दाबी गर्ने नै स्थिति छैन ।’ यो समाचार आजको नया पत्रिकामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved