विवेकशील साझाको छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दै

  • भदौ १७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले बोलाएको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ।

अध्यक्ष मिश्रले आज मध्यान्ह १२/३० बजे बैठक राखेका छन् भने संयोजक पाण्डेले आज बिहान ११ बजे नै बैठक राखेका छन्।

केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने विषयमा कुरा नमिलेपछि बेग्लाबेग्लै बैठक राखिएको छ। अध्यक्ष र संयोजकले राखेको दुबै केन्द्रीय समिति बैठक भर्चुअल रूपमा हुनेछ।

अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रहको प्रस्ताव अगाडि सारेसँगै संयोजक पाण्डेलगायत चार नेताले पनि अर्को प्रस्ताव ल्याएका थिए।
केन्द्रीय समिति बैठक हुनुभन्दा एक दिन अगाडि बुधबार अध्यक्ष मिश्र र संयोजक पाण्डेबीच इमेलमा जुहारी चलेको थियो। एकअर्कामाथि उठाइएका प्रश्नबारे उनीहरूले इमेलमार्फत् प्रष्टाउन खोजेका थिए।

अध्यक्ष मिश्रले पार्टीमा देखिएको अन्यौलता हटाउन केन्द्रीय समिति बैठक बोलाइएको बताइरहेका छन् भने संयोजक पाण्डेले अध्यक्ष समझदारीमा नचलेपछि बाध्य भएर केन्द्रीय समिति बैठक राख्नुपरेको बताइरहेका छन्।

अध्यक्ष मिश्र पक्षले संयोजकलाई केन्द्रीय समिति बैठक राख्ने अधिकार नहुने बताएको छ भने संयोजक पाण्डे पक्षले अध्यक्ष र संयोजकको सहमतिमा मात्रै बैठकका एजेन्डा तय गरिनुपर्ने बताएका छन्।

अध्यक्ष मिश्रले संयोजक पाण्डेलाई इमेल पठाएर आफू इमेलमा जुहारी नगर्ने तथा घरको झगडा छताछुल्ल नपार्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved