संसद अधिवेशन भदौ २३ मा बोलाउन सरकारको राष्ट्रपतिलाई सिफारिस

  • भदौ १९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं : संघीय संसद्का दुवै अधिवेशन भदौ २३ गते बोलाउन सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ।

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २३ भदौ बुधबार दिउँसो ४ बजे बैठक बोलाउन सिफारिस गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको उनले बताए। सरकारले संघीय संसदको अधिवेशन बोलाउने बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख र सत्तारुढ गठबन्धनका नेताहरूसँग छलफल गरेका थिए।

छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत अन्य नेताहरू पनि सहभागी थिए।

गत २९ असारमा प्रधानमन्त्री बनेका देउवाले हालसम्म पनि सरकारलाई पूर्णता दिन सकेका छैनन्। निर्वाचन आयोगले एकीकृत समाजवादी रोज्नेका लागि २२ भदौ सम्म समय दिएकाले त्यसपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने सहमति गठबन्धनका शीर्ष नेताबीच भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved