काबुलमा महिलाहरुले गरेको प्रदर्शनमा तालिबान अधिकारीको हस्तक्षेप

  • भदौ २०, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा महिलाहरुले गरेको प्रदर्शनमा तालिबान अधिकारीले हस्तक्षेप गरेका छन् ।

अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि महिला अधिकारको क्षेत्रमा भएका प्रगतिहरु संकटमा आएको भन्दै विश्वभर चासो र चिन्ता व्यक्त भइरहेको छ ।

यहिबिचमा अफगानिस्तानका अधिकारवादी महिलाहरुले काबुलमा अधिकारको माग गर्दै प्रदर्शन गरेका हुन् । महिला अधिकारवादी समूहले आफूहरुको प्रदर्शनमा तालिबानले अश्रु ग्यास र पेपर स्प्रे प्रहार गरेको बताएका छन् । महिलाहरुको समूह राष्ट्रपति भवन तर्फ जानका लागि पुल तर्दै गरेका बेला तालिबानका अधिकारीले हस्तक्षेप गरेका हुन् ।

तर तालिबानले भने प्रदर्शन नियन्त्रण भन्दा बाहिर गएको बताएको अफगान सञ्चारमाध्यम टोलो न्यूजले जनाएको छ । पछिल्ला दिनमा काबुल र हेरातमा महिलाहरुले अधिकारको माग गर्दै प्रदर्शन गर्दै आएका छन् । महिलाहरुले काम गर्न पाउनु पर्ने र सरकारमा आफूहरुको पनि सहभागिता हुनु पर्ने माग गर्दै आएका छन् । तालिबानले महिलाहरु सरकारमा सामेल हुन पाउने तर मन्त्री पद भने नदिइने बताएको छ ।

गएको अगस्ट १५ मा तालिबानले आफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको हो । तालिबानको शासनमा आफूहरुको अधिकार कुण्ठित हुने र भएको भन्दै महिलाहरुले प्रदर्शन गरेका छन् । यसअघि सन् १९९६ देखि २००१ सम्म तालिबान सत्तामा रहँदा उनीहरुले महिलालाई पूरै शरीर ढाक्ने लुगा ९बुर्खा० लगाउन बाध्य पारेका थिए ।

यस्तै सामान्य गल्तीका लागि पनि गम्भीर सजाय दिने गरेका थिए । १० वर्षमाथिका बालिकालाई विद्यालय जान दिएका थिएनन् । सोही प्रकृतिको शासन अहिले पनि हुने डर छ ।

पत्रकार अजिता नाजिमीले टोलो न्यूजलाई भनेकी छन्, ‘२५ वर्ष पहिले तालिबान सत्तामा आउँदा उनीहरुलाई मलाई स्कूल जान दिएनन् । पाँच वर्ष उनीहरुको शासनपछि मैले धेरै वर्ष अध्ययन गरेँ र कडा मेहनत गरेँ । हाम्रो राम्रो भविष्यका लागि फेरि त्यस्तो हुन दिने छैनौँ ।’

प्रदर्शनमा सहभागी भएकी अकीक महिला सोरायाले समाचार संस्था रोयटर्ससँग भनेकी छन्, ‘उनीहरु ९तालिबान० ले महिलाको टाउकोमा बन्दुकको म्यागजिनले प्रहार गरे । ती महिलाको टाउको रक्ताम्य भएको थियो ।’

यसैबिच तालिबान र पानशिर उपत्यकाका नेशनल रेसिस्टेन्ट फ्रन्ट ९एनआरएफ० बिच भिडन्त जारी छ । पानशिर एक मात्र प्रान्त हो, जो तालिबानको नियन्त्रणमा छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved