नेपालले आज पीएनजीसँग एकदिवसीय क्रिकेट खेल्दै

  • भदौ २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पपुवा न्युगिनी (पीएनजी) सँग पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ। दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो। दोस्रो खेल भने शुक्रबार हुनेछ।

नेपाल र पीएनजीबीचको खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ। खेल नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो। नेपालले १९ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको छ। नेपालले पछिल्लो पटक लिग–२ अन्तर्गत अमेरिकासँग २०७६ को माघ २९ मा टियु क्रिकेट मैदानमा खेलेको थियो।

नेपाल र पीएनजीबीच पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय खेल हुन लागेको हो। यस अघि नेपाल र पीएनजीले एकदिवसीय फर्म्याटमा ४ खेल भने खेलेको छ। पछिल्लो तथ्यांकमा नेपालले एकदिवसीयको ४ भेटमा पीएनजीमाथि एक मात्र जित निकालेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved