नेकपा एमालेको स्थायी कमिटी बस्दै

  • भदौ २५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बस्दै छ। बैठक अपराह्न ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठकका लागि दुई एजेन्डा तय भएको उनले बताए। आजको बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारी) र चालु संसद्मा पार्टीको भूमिकाको विषयमा छलफल हुने उनले जानकारी दिए।

विधान महाधिवेशनलगायत विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो। विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्तावेज तथा व्यवस्थापनको तयारीमा एमाले जुटेको छ। एमालेले असोज ४ देखि ६ गतेसम्म विधान महाधिवेशन गर्ने तयारी गरेको छ। विधान महाधिवेशन काठमाडौंमा हुनेछ।

एमाले विभाजनको सन्दर्भमा सभामुखको भूमिकालाई लिएर एमालेले बुधबारको प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गरेको थियो। उसले एकीकृत समाजवादीका सांसदहरुलाई सदनबाट निष्काशन गर्न माग गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved