पाकिस्तानले काबुलमा नियमित उडान पुनः सुरु गर्ने

  • भदौ २७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । पाकिस्तानको सरकारी एयरलाइन्स, पिआइएले नियमितरुपमा इस्लामावाद–काबुल उडान पुनः सुरु गर्ने भएको छ। पाकिस्तानको एयरलाइन्स, पिआइएले उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमबार नै जाने पनि जनाएको छ।

पकिस्तान एयरलाइन्सले आइतबार विज्ञप्ति प्रकाशन गरेर उक्त जानकारी दिएको हो। एयरलाइन्सले यसअघि रोकिएको उडान अब सोमबारबाट नियमितरुपमा सुचारु गर्ने जनाएको हो।

अफगानिस्तानमा तालिबानीले हमला गरेर सत्ता कब्जा गरेपछि पाकिस्तानको यो एयरलाइन्सले पनि आफ्ना सबै उडान बन्द गरेको थियो। त्यसयता यहाँका कैयौँ विदेशी विमान सेवा कम्पनीले उडान बन्द गरेका थिए। तर अरु देशका यी कम्पनीले भने उडान शुरु गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved