रुसमा राष्ट्रपति पुटिनको पार्टीले भारी बहुमत ल्याउने संकेत

  • असोज ४, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । रुसमा हालै सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमीर पुटिनको युनाइटेड रुस पार्टीले बहुमत ल्याउने सम्भावना बलियो बनेको छ ।

मतगणनाकै क्रममा एक्जिट पोलले सतारुढ दल भारी मतले बिजयी हुने प्रक्षेपण गरेका छन् । क्रेमलिनका आलोचकहरुलाई बञ्चित गरिएको निर्वाचनमा ब्यापक धाँधली भएको बिपक्षी दलहरुको आरोप छ ।

हालसम्म भएको २५ प्रतिशत मतगणना अनुसार राष्ट्रपति पुटिनको युनाइटेड रुस पार्टीले ४४ प्रतिशत मत हासिल गरिसकेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

रुसी बिपक्षी नेता एलेक्सी नाभाल्निका समर्थकहरुले निर्वाचन निष्पक्ष नभएको प्रतिक्रिया दिएका छन् । यद्यपि निर्वाचन आयोगका प्रमुखले भने चुनाव धाँधलीपुर्ण भएको भन्ने आरोपको खण्डन गर्दै यो बिपक्षी दलहरुको सुनियोचित प्रचार भएको प्रतिक्रिया दिएका छन् ।

रुसलाई बदनाम गर्न षडयन्त्रपुर्वक लगाइएको आरोप भएको उनको भनाई छ । मतदानमा रुसी जनताले ४ सय ५० सांसदका लागि मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

चार प्रदेशका पहाडी भ ...

​काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास छ। यसक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved