फ्रान्सले रद्द गर्‍यो बेलायतसँगको रक्षा वार्ता

  • असोज ४, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसंग वार्तामा बस्न समेत अस्वीकार गरेको छ ।

बेलायत र फ्रान्सका रक्षामन्त्रीबीच तय भएको वार्तामा नबस्ने फ्रान्सले बताएको छ । बेलायती रक्षामन्त्री बेन वालेन्स र फ्रेञ्च रक्षामन्त्री फ्लोरेन्स पार्लेबीच यसैसाता लण्डन तय भएको वार्तामा नबस्ने घोषण फ्रान्सले गरेको हो ।

त्रिदेशीय सम्झौतापछि अष्ट्रेलियाले फ्रान्ससंग सन् २०१६ मा ३७ अर्ब डलरमा १२ वटा पनडुब्बी किन्ने सहमति तोडेपछि फ्रान्स क्रुद्ध बनेको हो। सुरक्षा सहमति अनुसार अब अष्ट्रेलियाले अमेरिकी पनडुब्बी खरिद गर्ने छ ।

उक्त सम्झौतालाई फ्रेञ्च विदेशमन्त्री जाँयब्स ल दरियनले पछाडिबाट गरिएको छुरा प्रहारको संज्ञा दिएका छन् । परिणातः फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूतलाई समेत फिर्ता बोलाएको छ । उता, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने फ्रान्सको सट्टा अमेरिकासंग पनडुब्बी किन्ने निर्णयको बचाऊ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved