राष्ट्रपतिद्वारा पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको हैसियत प्रदान

  • पुस २७, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौँ – सरकारले औपचारिक निर्णय नलिएकै अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको हैसियत प्रदान गरेकी छन् ।

२९८ औँ पृथ्वी जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको शुभकामना सन्देश मार्फत पृथ्वी जयन्तीलाई ‘राष्ट्रिय एकता दिवस’ को मान्यता प्रदान गरेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको शुभकामना सन्देशमा ‘पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस’ को अवसरमा दिइएको सन्देश उल्लेख गरिएको छ।

२०६२–०६३ को आन्दोलनपछि बनेको सरकारले पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्तीका दिन मनाइने राष्ट्रिय एकता दिवसको मान्यता खारेज गरेको थियो । तर आइतबार राष्ट्रपतिले जारी गरेको सन्देशमा राष्ट्रिय एकता दिवस स्पष्ट रुपमा उल्लेख गरिएको छ । सन्देशमा भनिएको छ, ‘नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीका अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्दै राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने ट्वीट गरेर दिएको शुभकामना सन्देशमा ‘नेपाल राज्यको एकीकरणमा हाम्रा पुर्खाहरुको नेतृत्व गर्ने राजा पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । नेपाल राष्ट्रको यश अभिवृद्धि, विकास, समृद्धि र शान्तिको जनआकांक्षा पूरा गर्न एकजुट भएर अघि बढ्न सबैमा हार्दिक आह्वान गर्दछु’ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved