कांग्रेस पदाधिकारी बैठक बस्दै

  • असोज ६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो ३ बजे आफ्नो निजी निवास बूढानीलकण्ठमा पार्टीको पदाधिकारी बैठक बोलाएका हुन्।

सरकारमा सहभागी हुने मन्त्रीहरु नामका विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको देउवाको सचिवालयले जनाएको छ। प्रधानमन्त्री देउवाको प्रस्तावमा सत्तापक्ष गठबन्धनका नेताहरुले मंगलबार परराष्ट्रमन्त्री बनाउन डाक्टर नारायण खड्कालाई सहमति जनाएका छन्। सहमति जुटेसँगै देउवाले खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी गरेका छन्। उनले आजै शपथ लिने छन्।

शपथ लिए लगत्तै खड्का राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने छन्। खड्का नेतृत्वमा चार सदस्यीय टोली आजै साँझ न्युयोर्कतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसंघीय मामिला हेर्ने सहसचिव र एकजना अधिकृत सहभागी हुने तय भएको छ। खड्काले नेपालका तर्फबाट महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरूसँगको सल्लाह नगरी मन्त्री नियुक्त गर्ने निर्णय गरेको भन्दै मान्य नहुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved