अन्तत प्रदेश ३ को नाम बागमती र राजधानी हेटौडा, पक्षमा १०५ मत

  • पुस २७, २०७६
  • कालापानी मिडिया
alt


हेटौडा – प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा कायम भएको छ।

आइतबार बसेको प्रदेशसभाको बैठकको दुई तिहाइभन्दा बढी मतले प्रदेशको राजधानी र नाम टुंगो लगाएको हो। प्रदेशसभा सुरु भएको दुई वर्षपछि सत्तारुढ नेकपाको सचिवालयको कडा निर्देशनपछि प्रदेशसभाले हेटौंडालाई स्थायी राजधानी बनाउने निर्णय लिएको हो।

प्रदेश ३ का १०५ जना सदस्यले मुख्यमन्त्री डोरमणि पौडेलले हेटौडालाई राजधानी र नाम बागमती राख्न गरेको प्रस्तावको पक्षमा मतदान गरेका छन्। ३ जना सदस्यले हेटौडाको विपक्षमा मतदान गरेका छन्। प्रदेशसभाका ११० जना सदस्यमध्ये १०८ जना मतदानमा उपस्थित थिए।

बैठकमा धुलिखेललाई प्रदेश राजधानी बनाउन गरेको प्रस्तावको पक्षमा जम्मा ३ मत मात्र परेको छ। विपक्षमा १०१ मत परेपछि धुलिखेलाई राजधानी बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved