माधव नेपालको राजनीतिक प्रतिवेदन पारित, महासचिवको टुंगो भोलि, चुनाव चिह्‍नबारे चाँडै निर्णय हुने

  • असोज ६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले भोलि महासचिवको टुंगो लगाउने भएको छ।

कार्य विभाजनसहितको एजेण्डामा छलफल गर्ने मंगलबारदेखि जारी केन्द्रीय कमिटीको बैठकले भोलि महासचिवको टुंगो लगाउने भएको छ।
३ महिनामा राष्टिय सम्मेलन गर्ने र भोलिको बैठकले महासचिव चयन गरेर स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको टुंगो पनि भोलि नै लगाउने जनाइउको छ । महासचिवमा कसैले दाबी नगरेकोले छलफलपछि मात्रै निर्णय हुने वताइएको छ।

यस्तै, बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रस्ताव पारित भएको छ। छलफलको लागि निर्माण गरेको ५ समूहको सुझावको आधारमा अध्यक्ष नेपालको प्रतिवेदन पास भएको हो।

बैठकमा पहिलो समूहबाट रामकुमारी झाँक्री, दोस्रोबाट रामचन्द्र शाह, तेस्रोबाट रमा आले, चौथोबाट शिवप्रसाद साह र पाँचौँबाट दिनेश राईले सुझाव राखेका थिए। बैठकमा निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्छ भनेर कार्यकर्ता र केन्द्रीय सदस्यको सुझाव आएको थियो।

पार्टीले समाजवाद नामको मुखपत्र प्रकाशन गर्ने निर्णय गरेको समेत छ। चाँडै चुनाव चिह्नबारे निर्णय गरेर निर्वाचन आयोग जाने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved