विकासशील देशमा थप ५० करोड खोप वितरण गर्ने अमेरिकाको घोषणा

  • असोज ७, २०७८
  • कालापानी मिडिया
alt

अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारका न्यून र मध्यम आय भएका मुलुकलाई थप ५० करोड डोज कोरोना खोप अनुदानमा दिने घोषणा धनी र विकसित मुलुकहरूले गरीब मुलुकका नागरिकलाई खोपको सुनिश्चिताका लागि काम नगरेको भन्दै आलोचना भइरहेका बेला अमेरिकी राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका हुन्।

बुधबार भएको भर्चुअल ग्लोबल कोभिड-१९ समिटमा सम्बोधन गर्दै बाइडेनले फाइजर कम्पनीले बनाएको थप ५० करोड डोज खोप अरू मुलुकलाई दिन अमेरिकाले किन्न लागेको बताएका हुन्।

थप खोप किनेसँगै अमेरिकाले संसारभरि बाँड्ने खोप १ अर्ब १० करोड डोज पुग्ने उनको भनाइ छ। बाइडेनले खोपसँगै खोप लगाउन चाहिने पूर्वाधार र प्रशासनिक कामका लागि पनि अमेरिकाले सहयोग गर्ने बताएका छन्। त्यसका लागि ३७ करोड अमेरिकी डलर ९४३ अर्ब ८७ करोड रुपैयाँ० छुट्ट्याइको बाइडेनले जानकारी दिएका छन्।

‘अमेरिकामा लगाइएको कोरोनाको एक डोज खोप साटो अरू मुलुकमा तीन डोज खोप लगाउन हामी प्रतिवद्ध छौं,’ सम्बोधनका क्रममा बाइडेनले भने।

उनले अहिलेसम्म अमेरिकाले संसारका एक सय मुलुकमा १६ करोड डोज खोप अनुदानमा दिइसकेको जानकारी दिए। ‘यो महामारीलाई परास्त गर्न हामीले हरेक ठाउँमा यसलाई परास्त गर्नुपर्छ,’ बाइडेनले भने,‘यो हामी सबै मिलेर सामना गर्नुपर्ने चुनौती हो।’ बाइडेनले कोरोना महामारीविरूद्धको लडाइँमा सरकार, अन्तर्राष्ट्रिय संघसंस्था, खोप उत्पादक कम्पनी, निजी क्षेत्र र नागरिक समाजले आ(आफ्नो ठाउँमा योगदान गर्नुपर्ने बताए।

अमेरिकाले बाँड्ने खोप सन् २०२२ बाट पठाउन सुरू गरिनेछ। स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले फाइजरसँग अमेरिकी सरकारले प्रतिडोज ७ डलरका दरले खोप किन्न लागेको उल्लेख गरेको छ।

सन् २०२० को सुरूदेखि संसारभरि फैलिएको कोरोना महामारीका कारण अहिलेसम्म ४७ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ भने अमेरिकामा मात्रै ६ लाख ७८ हजारले ज्यान गुमाएका छन्।

कोरोनाभाइरसविरूद्धको खोप वितरणमा धनी र गरीब मुलुकबीच गहिरो खाडल छ। विज्ञहरूले अहिलेसम्म संसारभरि लगाइएको कोरोना झन्डै ६ अर्ब डोज खोपमध्ये ७० प्रतिशत खोप धनी मुलुकमा मात्रै लगाइएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved