कांग्रेस महाधिवेशन सरेर माघ दोस्रोसाता

  • असोज ८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ। यसले तल्ला तहको अधिवेशन पनि प्रभावित हुँदा कांग्रेस महाधिवेशन माघ दोस्रोसाता पुग्ने भएको छ। शनिबार पालिका तहको अधिवेशन भएसँगै यसभन्दा माथिका अधिवेशनहरु दसैँपछि सार्ने सहमति भएको छ।

१३ जिल्लाको क्रियाशील सदस्यता मुद्दा टुंगिन बाँकी भएकोले उक्त स्थानमा महाधिवेशन कहिले हुने भनेर टुंगो लागेको छैन। कांग्रेसले महाधिवेशनकोअन्तर्गत तल्लो तहको अधिवेशन सार्ने गरी नयाँ तालिका सार्वजनिक गर्न लागेको हो।

त्यसबारे औपचारिक निर्णय गर्न संसदीय दलको कार्यालय सिंहदरबारमा अहिले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसिरहेको छ। उक्त बैठकले कांग्रेस महाधिवेशन माघ दोस्रो साता गर्ने गरी सबै कार्यतालिका हेरफेर गर्न लागिएको वाताइएको जानकारी दिए।

चौथोपटक भदौ २५ गते सार्वजनिक भएको अधिवेशन कार्यतालिकालाई पुन: परिमार्जन गर्ने निर्णय भएको थियो। सार्वजनिक कार्यतालिकाअनुसार गाउँपालिका वा नगरपालिकाको अधिवेशन भदौ ९ गते गरेर प्रदेशसभा क्षेत्रीय अविधेशन १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १५ गते अधिवेशन गर्ने तय भएको थियो।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ गते अधिवेशन गर्नुेपर्ने, प्रदेश तहको अधिवेशन कात्तिक १०, ११ र १२ गते गर्ने भनिएको थियो। तर मंसिर ९–१३ गते हुने केन्द्रीय महाधिवेशनलाई यथावत राखेर अरु कार्यतालिका फेरिने भनिए पनि महाधिवेशन माघ दोस्रो सातासम्म पुग्ने भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved