कञ्चनपुरमा कुखुरा प्रतिको अकर्षण घट्दै

  • पुस २८, २०७६
  • कालापानी मिडिया
alt

कञ्चनपुर,
भारतबाट लुकाईछिपाई कुखुरा आयात गरीदा स्वदेशमा उत्पादन गरीएका कुखुरा बिक्रिहुन रोकिएपछि कुखुरा पालन व्यवशाय गरेका युवाहरु व्यवसाय छोड्न बाध्य भएका छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका ९ का धर्मसिह ऐरले ६ महिना कुखुरा पालन गरे। तर उचित मुल्य नपाएको भन्दै उनले कुखुरा पालन गर्न छोडे। लाखौँ लगानी गरेर खोर निर्माण गरी कुखुरा पालन सुरु गरेका उनले उचित मुल्य नपाउदा कुखुरा पाल्न छोडेको बताए।

भारतबाट लुकाई छिपाई ल्याएको बोईलर कुखुरा सस्तोमा उपलब्ध हुदा आफ्नो लगानी समेत उठ्न छाडेपछि व्यवसाय बन्द गरेको उनि बताउँछन्। ५ वर्ष मलेसिया बसेर स्वदेश फर्किएका बेलौरीका हर्क बिष्ट पनि १ वर्ष जति कुखुरापालन तर्फ लागे।

भारतबाट ल्याएका कुखुरा पसलहरुमा सस्तोमा उपलब्ध हुन थापेपछि व्यवसाय बन्द गर्न बाध्य भएको उनि बताउँछन्। उनले भने–‘लगानी समेत उठ्न छोडेपछि व्यवसाय बन्द गरेको हँु’।

सरकारले कृर्षिमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याएपनि त्यसले सार्थकता पाउन नसकेको कञ्चनपुरकी महिला अधिकार कर्मि सारदा चन्दले बताईन्। उनले कृर्षिमा आयआर्जनका लागि ल्याईएका अनुदान व्यक्ति बिसेसलाई फाईदा गरी कतै बालुवामा पानी हाले जस्तै हुदैछ किरु भनेर प्रस्न गरीन्।

उनले कुखुरा,बालि,तरकारिको बजार व्यवस्थापन नभएको भन्दै आपत्ति जनाईन्। सरकारले किसानहरुलाई स्वदेशी उत्पादनमा आत्मनिर्भर गरी स्वदेशी उत्पादित वस्तुहरुको बजार व्यवस्थापन गरीए किसाहरुलाई आत्मनिर्भर हुन सहज हुने बताईन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

चार प्रदेशका पहाडी भ ...

​काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास छ। यसक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved