अमेरिकी सैन्य शिविरमा मिसाइल आक्रमण, ४ घाइते

  • पुस २८, २०७६
  • कालापानी मिडिया
alt

इराकमा रहेको अमेरिकी गठबन्धन सेनोको सैन्य शिविरमा फेरि मिसाइल आक्रमण भएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका खबरअनुसार आइतबार बग्दादको उत्तरी भागमा रहेको अमेरिकी सैन्य शिविरमा मिसाइल प्रहार भएको हो। कम्तिमा ६ वटा मिसाइल प्रहार गरिएको छ।

४ जना इराकी सेना घाइते भएको एएफपी समाचार एजेन्सीले जनाएको छ। एएफपीका अनुसार शिविरको गेटमा सुरक्षार्थ खटिएका ४ इराकी सेना घाइते भएका हुन्। अमेरिकी सेनामा पुुगेको क्षतिबारे भने कुनै विवरण प्राप्त छैन। त्यस क्याम्पमा अमेरिकी सेनाका पशिक्षक तथा विषेशज्ञहरु रहेको एपीले जनाएको छ। अहिलेसम्म यस आक्रमणको जिम्मा कसैले लिएको छैन।

अमेरिकाले इरानी सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि आक्रोशित बनेको इरानले गत बुधबार मात्रै इराकस्थित दुई अमेरिकी सैन्य शिविरमा आक्रमण गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved