चीनको शान्सी प्रान्तमा भीषण बाढीका कारण १७ लाख ६० हजार भन्दा धेरै मानिस प्रभावित

  • असोज २६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । भीषण बाढीका कारण चीनको शान्सी प्रान्तमा १७ लाख ६० हजार भन्दा धेरै मानिस प्रभावित भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार शान्सी प्रान्तमा बाढी जाँदा जनजीवन प्रभावित भएको हो । गएको हप्ता परेको भारी वर्षाका कारण बाढी जाँदा घरहरु भत्किएका हुन् ।

यस्तै पहिरो पनि गएको र त्यसले शान्सी प्रान्तका ७० भन्दा बढी जिल्ला र शहरहरु प्रभावित भएका छन् । भारी वर्षाले उद्धार प्रयासमा अवरोध गरेको अधिकारीहरुले बताएका छन् ।

झण्डै तीन महिना पहिले हेनान प्रान्तमा परेको अत्यधिक पानीका कारण आएको बाढीका कारण तीन सयजनाको ज्यान गएको थियो ।अहिलेको बाढीका कारण हेबेइ प्रान्तमा बाढी आएको नदीमा बस खसेको छ । बसमा ५१ जना रहेका मध्ये तीनजनाको ज्यान गएको छ भने अरु ११ जना बेपत्ता छन् ।

जोखिमयुक्त पहाडहरु रहेको शान्सी प्रान्तमा अत्यधिक वर्षाले ठूलो क्षति गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

चार प्रदेशका पहाडी भ ...

​काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास छ। यसक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved