वर्षासँगै आएको बाढी, पहिरो र डुवानबाट मृत्यु हुनेको संख्या २२ पुग्यो

डोटीमा ९, धनकुटा ६ र हुम्लामा ५ र इलाम २ जनाको मृत्यु भएको गृह मन्त्रालयद्वारा जानकारी

  • कार्तिक ३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । आइतबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी देशभरमा २२ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी आज बिहानसम्म २२ जनाको मृत्यु भएको हो । डोटिमा ९, धनकुटा ६, हुम्लामा ५, इलाम दुईजनाको बाढी–पहिरोमा परी मृत्यु भएको मन्त्रालयका प्रबक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

त्यसका साथै १५ जना वेपत्ता, १७ जना घाइते र १५ घर पुरिएको उहाँको भनाई छ । बाढीले बढी क्षति सुदूरपश्चिम प्रदेशमा गरे पनि टेलिफोन र मोबाइल फोन सेवा अवरुद्ध हुँदा यकिन विवरण प्राप्त हुन नसकेको प्रवक्ता पोखरेलले बताउनुभयो । त्यसैगरी प्रदेश १ मा पनि विद्युत सेवा अवरुद्ध हुँदा सञ्चार सेवा प्रभावित बनेको छ ।

अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित सबस्टेसन डुवानमा परेको छ । जसका कारण मंगलबार साँझबाट मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ। सबस्टेसन डुवानमा परेपछि अहिले त्यहाँबाट विद्यत् आपूर्ति हुने लाइन काटिएको नेपाल विद्युत प्राधिरणले जनाएको छ । नेपालबाट मनसुन बाहिरिए पनि भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा केही दिनदेखि मौसम बदली भई वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved