राहदानी बनाउनेहरुको थेगिनसक्नु भिड

  • कार्तिक १५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राहदानी बनाउनेको सङ्ख्या यो वर्षको अहिलेसम्मकै उच्च भएको छ । सामान्य अवस्थामा दैनिक एक हजार जनासम्मले राहदानी बनाउने गरेकामा हिजो आइतबार एकैदिन ५ हजार जनाले राहदानीका लागि टोकन पाएका विभागका प्रवक्ता सरद राज अरनले जानकारी दिए।

केही दिनयता लगातार राहदानी बनाउनेको भीड बढेको छ । हिजो राहदानी बनाउनका लागि ५ हजार जनाले टोकन लिए । अब टोकन नम्बरका आधारमा राहदानी वितरण गरिने छ । उनले भने। राहदानी विभागको अगाडि मानिसको भीड थेगिनसक्नु छ।

भीड थेगिसक्ने अवस्था नभएकाले भीड नियन्त्रणका लागि टोकनको व्यवस्था गरिएको भए पनि टोकन लिनकै लागि पनि भीड हुने गरेको छ । बिहानैदेखि राहदानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । धेरै भीडका कारण बाटोमा हिँड्ने यात्रुलाई पनि समस्या पर्ने गरेको छ । अहिले अमेरिका जानका लागि खुलेको डाइभर्सिटी भिसा (ई–डीभी) खुलेका कारण पनि राहदानी बनाउनेको भीड बढेको उनले बताए । त्यो भिसा आवेदनका लागि गएको वर्षदेखि राहदानी नम्बर अनिवार्य गरिएको छ ।

विगतका वर्षमा नागरिकता नम्बर वा अन्य परिचयपत्रको नम्बरले काम गर्थ्यो तर अहिले राहदानी नम्बर नै अनिवार्य गरेकाले राहदानी पहिल्यै बनाउनुपर्ने बाध्यता आवेदकलाई परेको छ ।

गएको सेप्टेम्बर महिनासम्म तीन लाख ४९ हजार १ सय ७५ वटा राहदानी जारी भएका छन् । नेपालमा एमआरपी जारी हुन सुरु गरेयता अहिलेसम्म ६७ लाख ५९ हजार ९ सय ८३ थान राहदानी जारी भएका छन् ।

राहदानीको खपत बढे पनि अभाव भने नभएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved