६ वर्षदेखि बन्द रहेको रानीपोखरी यो वर्ष भाइटीकामा खुल्ने

  • कार्तिक १६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । विगत ६ वर्षदेखि बन्द रहेको रानीपोखरी यो वर्ष भाइटीकामा खुल्ने भएको छ। भूकम्पपछिको पुनर्निर्माण सम्पन्न भएपछि पहिलोपटक भाइटीकामा खोल्न लागेको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी पुनर्निर्माण सम्पन्न गरिसकेकाले ६ वर्षपछि भाइटीकाको दिन रानीपोखरी खुल्न लागेको हो। भाइटीकाको दिनमात्र खुल्ने सो मन्दिर भूकम्पपछिको पुनर्निर्माण सम्पन्न नभएकाले ६ वर्षदेखि व्यवस्थित रूपमा सञ्चालन गर्न पाएको थिएन।

दिदीबहिनी नभएकाले भाइटीकाको दिन बालगोपालेश्वर मन्दिरमा टीका लगाउने प्रचलन छ। ०७२ को भूकम्पले रानीपोखरीलाई पूर्णरूपमा क्षति पुगेको थियो। पुनर्निर्माण पूरा नभएका कारण अघिल्लो वर्ष रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर बाहिरै टीका लगाइएको थियो। यो वर्ष टीकाको दिन बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने तयारी रहेको काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।

रानीपोखरी प्रताप मल्लले वि।सं। १७२७ मा बनाएका हुन्। छोराको मृत्युको शोकमा डुबेकी रानीलाई भुलाउन बनाएकाले यसलाई शोकको प्रतीक समेत मानिन्छ। यहाँ प्रताप मल्लले विभिन्न तीर्थस्थलका जल ल्याएर पोखरी बनाएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved