पहिलो इ-पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई

  • मंसिर १, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गरेको छ। शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो साधारण ई–पासपोर्ट दिइएको छ। राहदानी विभागमा बुधबार आयोजित एक कार्यक्रममा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले जोशीलाई पासपोर्ट हस्तान्तरण गरे।

जोशीले आफूलाई पहिलो इ–पासपोर्ट पाउँदा निकै खुशी लागेको बताए। यो पासपोर्टले नेपालको पहिचान बोक्ने भएकाले निकै महत्वपूर्ण रहेको भन्दै जोशीले सरकारलाई सफलताको शुभकामना पनि व्यक्त गरे।

राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले ई–पासपोर्ट अनलाइनबाटै मिति र समय बुकिङ गरेर लिन सक्ने हुँदा सेवाग्राहीलाई लाइन बस्ने झन्झट नहुने बताए। हस्तलिखित हुँदै मेशिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्दै आएको विभागले अब एमआरपी पनि विस्तारै विस्थापित गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved