विश्वमा एकै दिन थपिए ४ लाख २८ हजार कोरोना संक्रमित

  • मंसिर ७, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख २८ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। उक्त अवधिमा अमेरिकामा ६० हजार ४००, वेलायतमा ४४ हजार ९००, जर्मनीमा ४० हजार ५०० र रसियामा ३५ हजार ६०० जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै‚ टर्कीमा २४ हजार ८००, इटालीमा ६ हजार ४००, इरानमा ५ हजार ४००, फ्रान्समा ५ हजार २००, भारतमा ५ हजार र ब्राजिलमा २ हजार ६०० जनामा संक्रमण पुष्टि भएको छ।

यो अवधिमा ५ हजार २८९ जना संक्रमितको मृत्यु भएको छ। जसमध्ये रसियामा १ हजार २४१, अमेरिकामा ३४९, जर्मनीमा २०४, टर्कीमा १९३, ब्राजिलमा १२०, इरानमा ९७ र फ्रान्समा ९४ जनाको मृत्यु भएको हो।

गत २४ घण्टामा ३ लाख ६१ हजार संक्रमित निको भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ९४ लाख रहेको छ। तीमध्ये ८० हजारको अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved