जर्मनमा कोरोना खोप अनिवार्य : खोप नलगाए मर भन्दै सरकारले दियो चेतावनी

  • मंसिर ७, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । कोराना संक्रमण नियन्त्रणका लागि युरोपभर लकडाउनको लहल चलेको बेला जर्मनीले आफ्ना नागरिकलाई खोप अनिवार्य गर्ने तयारी गरेको छ ।

जर्मन सरकारले कि खोप लगाएर निको होऊ नत्र मर भन्ने चेतावनी जारी गर्दै अनिवार्य खोप कार्यक्रम शुरु गर्ने संकेत गरेको हो ।
जर्मन स्वास्थ्य मन्त्री जेन्स स्पानले यो हिउँदको अन्तसम्ममा प्रत्येक जर्मन नागरिकलाई कि खोप लगाएर सुरक्षित बनाइने वा मृत्युका लागि छाडिदिने बताएका छन् । जर्मनीका कतिपय क्षेत्रमा तीव्र संक्रमण दरका कारण लकडाउन गर्नु परेको र अस्पतालहरु विरामीले भरिभराउ हुन थालेको सन्दर्भमा स्वास्थ्यमन्त्री स्पानले यस्तो चेतावनी दिएका हुन ।

सत्ताबाट बाहिरिंदै गरेकी चान्सलर एंगेला मर्केलले पनि कारोना नियन्त्रणका लागि सरकारले चालेका नियन्त्रणकारी कदमहरु पर्याप्त नभएको भन्दै संक्रमणको गति नाटकीय रुपमा बढेकाले कठोर कमद जरुरी देखिएको बताएका छन् ।

जर्मनीमा हरेक हप्ता संक्रमित दर दोब्बरले बढिरहेको छ । हिजो सोमबार मात्रै ३० हजार बढी संक्रमित फेला परेका छन् भने ६२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

चार प्रदेशका पहाडी भ ...

​काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास छ। यसक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved