एमाले महाधिवेशनबाट साहसिक निर्णयको अपेक्षा गरेका छौँ - कमल थापा

६३ सालको परिवर्तनको समीक्षा गर्न कमल थापाको एमालेलाई सुझाब, ओलीको दोस्रो कार्याकालको सरकारबाट असन्तुष्ट

  • मंसिर १०, २०७८
  • कालापानी मिडिया
alt

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६३ सालको राजनीतिक परिवर्तनको समीक्षा गर्नुपर्ने बताएका छन्। नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन्।

ु२०६३ सालको राजनीतिक परिवर्तन पश्चात दिगो शान्ति र समृद्धिको लक्ष्य बोकेर हामीले यात्रा प्रारम्भर गरेका थियौँ। हामी कहाँ जान हिँडेका थियौँ, हामी कहाँ आइपुगेका छौँ,ु उनले भने, ुयसलाई गम्भीर रुपमा समीक्षा गर्नुपर्ने भएको छ। तपाईँ महाधिवेशन गर्दै हुनुहुन्छ। यसको गम्भीर समीक्षा गर्नुहोला भन्ने आशा व्यक्त गरेको छु।ु

उनले देश संकटमा पुगेको भन्दै लोकतन्त्रको आवरणमा देश सर्वसत्तावाद तर्फ उन्मुख भएको दाबी गरे। अध्यक्ष थापाले धर्म परिवर्तनले हामी नेपालीको सनातन धार्मिक पहिचानलाई समाप्त पार्ने प्रयास भइरहेको समेत बताए।

ुनेपालकै इतिहासमा अहिले सर्वाधिक भ्रष्टाचार व्याप्त भएको छ। देश चालिस लाख बढी युवाहरु मलेसियाको जंगल र अरबको मरभूमिमा रगत पसिना बगाउन बाध्य भएका छन्, उनले भने।

उनले नेपालमा बाह्य शक्तिहरु चलखेल र प्रभाव तीब्र रुपले बढेर गएको दाबी गरे। अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल बन्न सक्ने खतरा बढेको छ, उनले भने।

केपी ओली नेतृत्वको पहिलो सरकारमा सहभागी भएका नेता थापाले ओलीको प्रशंसा गरे। तर, दोस्रो कार्यकालबाट सन्तुष्ट नभएको बताए।
पछिल्लो सरकारको गतिविधिबाट म त्यति सन्तुष्ट छैन। उहाँले जनतालाई दिएको आश्वासन अनुसार काम गर्न सक्नुभएन्, उनले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved