डा. लोहनीद्वारा लिङ्देनलाई समर्थन,लिङ्देनको जित सुनिश्चित

  • मंसिर १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने भएका छन् । मंसिर १५ देखि हुने महाधिवेशनको लागि डा. लोहनीले लिङ्देनलाई समर्थन गरेका हुन् ।

नयाँ नेतृत्व चयनका लागि राप्रपा अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले यस अघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् । यो संगै डा. लोहनीले आफुले जनता र कार्यकर्ताले लिङ्देनको नेतृत्व खोजेकाले आफ्नो समर्थन राजेन्द्र लिङ्देनलाई नै हुने बताएका हुन् । उनले अहिलेक तीनैजना अध्यक्षलाई दोहोर्‍याउन नहुने भन्दै नेतृत्व नयाँ पुस्तामा दिनुपर्ने बताए ।

FB_IMG_1638189765206

कमल थापाले १५ वर्ष पार्टी चलाउनुभयो, पशुपतिशम्शेर जबराले २० वर्ष चलाउनुभयो, अब मलाइ चलाउन दिनुस् भनेको थिएँ’ उनले भने, ‘मलाइ चलाउन नदिने भएपछि हामी तिनै जना दोहोर्‍याउनु हुँदैन, नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्छ । जनताको चाहनापनि यहि हो । डा. लोहनीले लिङ्देनलाई समर्थनको घोषणा गर्ने कार्यक्रम मंगलबार ११ बजे होट यलोपगोडामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved