विद्यार्थीको हत्यामा संलग्न रहेको आरोपमा बङ्गलादेशमा २० जनालाई मृत्युदण्ड

  • मंसिर २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । बङ्गलादेशमा विद्यार्थीको हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । २१ वर्षीय अब्रार फहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन कारावासको सजाय सुनाइएको वकिल अब्दुल्लाह अबुले बताउनुभएको छ ।

सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका विद्यार्थी फहादको सन् २०१९ मा हत्या भएको थियो । उनको हत्या आरोपमा बङ्गलादेशले आज २० जनालाई मृत्युदण्डको सजाय सुनाएको सरकारी वकिललाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

‘अदालतको फैसलाबाट म खुसी छु’, फैसलापछि अदालतबाहिर पत्रकारसँग फहादका बुबा बरकाट उल्लाहले भन्नुभयो, ‘दोषीहरूले सजाय छिट्टै पाउनेमा विश्वस्त छु ।’

मृत्युदण्डको सजाय सुनाइएकामा विश्वविद्यालयमा इन्जिनियरिङ र टेक्नोलोजी पढ्ने २० देखि २२ उमेर समूहका रहेका छन् । हत्या गरिएका फहाद पनि उनीहरूसँगै पढ्दै आएका थिए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved