भ्रममा नपर्नुस राजाले कुनै सामाजीक सञ्जाल चलाउनु हुन्न-सचिवालय

  • मंसिर २३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राजा ज्ञानेन्द्र वीर बिक्रम शाहको सचिवालयले राजाले कुनैपनि सामाजीक संजाल नचलाउने गरेको स्पष्ट गरेको छ । राजाका सम्बाद सचिव डा. फणिराज पाठकले एक सूचना जारी गर्दै राजा शाहबाट राष्ट्रिय समसामहिक घटना सन्दर्भ राष्ट्र र जनताको हितसंग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नुु स्वभाविक भएपनि शाहले कुनैपनि सामाजीक संजाल चलाउने नगरेको स्पष्ट पार्नू भएको हो । सचिवालयद्धारा जारी सुचनामा भनिएको छ ।

                                                                                                      मिती -२०७८-०८-२३

सम्बाद सचिवालयको सूचना
श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट राष्ट्रिय समसामहिक घटना सन्दर्भ राष्ट्र र जनताको हितसंग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राखि बक्सनु स्वभाविक हो । तर, मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजीक सञ्जाल सञ्चालन नगरिवक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोल्कल्पीत भ्रमजालबाट मुक्त रहन सबैसंग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपु¥याउन समेत अनुरोध गरिन्छ

। qqqq

 

 

यसैगरी युवराज्ञी हिमानी शाहलेपनि कुनै सामाजीक संजाल चलाउने नगरेको सचिवालयले जनाएको छ । युवराज्ञी हिमानी शाहबाट कुनैपनि सामाजीक सञ्जाल चलाउने कार्य गरिएको छैन । यसरी निराधार एउटा संस्थालाई नै बदनाम गर्ने गरि कसैलेपनि गलत कार्य नगर्न र नगरउन आग्रह गर्दै सचिवालयले यस्ता भ्रमजालबाट टाढा रहन सम्पूर्णमा अनुरोध गरेको छ ।

                                                                                                                                              मिती -२०७८-०८-२३

                                                                   सम्बाद सचिवालयको सूचना
श्री ५ युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजीक सञ्जाल सञ्चालन नगरिवक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोल्कल्पीत भ्रमजालबाट मुक्त रहन सबैसंग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपु¥याउन समेत अनुरोध गरिन्छ ।

264949070_269646808525795_1724353667709677401_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved