राष्ट्रप्रमुखका रूपमा राजसंस्थालाई ल्याउ राजनीति ठिक ठाउँमा आउँछ-अध्यक्ष लिङदेन

गाउँघरमा नेता आउँदैछन् भन्दा कुन चोर आएछ भन्ने अवस्था छ ।

  • मंसिर २४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले नेतालाई चोर भन्न थालेको टिप्पणी गरेका छन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष लिङ्देनले नेताहरूप्रति विश्वास मर्दै गएको बताएका हुन्।उनले भने, सरकार सरकार जस्तो छैन। संसद संसद जस्तो छैन। अदालत अदालत जस्तो छैन। यो अवस्थालाई ठिक लगाउने कसले राजनीतिले । राजनीति ठिक छैन। राजनीतिलाई कसले ठिक लगाउने नेताले। तर अहिले नेता प्रति जनताको विश्वास गुमेको छ।

उनले गाउँमा जाँदा नेताहरुलाई नाताले कुन चोर आएछ भनेर चोरको संज्ञा दिने गरेको टिप्पणी गरे। हाम्रो गाउँतिर कार्यक्रम हुन्छ। नेतालाई बोलाइन्छ। आयोजक गएर जनतालाई बोलाउन जान्छन्। म कसको नाम लिउँ मेरो नाउँ लिउँ की अरुको ? भो कसैको नाम नलिउँ, उनले भने, गाउँमा नेता आउँदै हुनुहुन्छ भन्दा आजकाल को नेता आएछ भनेर जनताले सोध्दैनन्। कुन चाँही चोर आएछ भनेर भन्छन्।

यस्तो अवस्थामा उनले कांग्रेसको १४ औं महाधिवेशनले नेतृत्वको छवि सुधार्ने प्रयास गर्नुपर्ने सुझाव दिए। उनले व्यवस्था बदल्दै गर्दा नेता परिवर्तन नभएको भन्दै राजसंस्था पुनः स्थापनाको आवाज पनि उठाए।

राष्ट्र प्रमुखको रुपमा राजतन्त्र, सोझै निर्वाचित प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद र संसद मन्त्री हुन नसक्ने व्यवस्था ल्याउँ, अध्यक्ष लिङ्देनले भने। त्यसपछि राजनीति ठीक बाटोमा आउँछ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved