एक वर्षअघिसम्म एउटै पार्टीमा रहेका तीन पूर्वप्रधानमन्त्रीहरु एकै ठाउँमा

  • मंसिर २४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । एक वर्षअघिसम्म एउटै पार्टीमा रहेका तीन पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लामो समयपछि शुक्रबार एउटै मञ्चमा देखिए।

3

 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा तीनै नेता एउटै लहरमा बसेका थिए। नेपाल र प्रचण्डपछि कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा थिए भने त्यसपछि ओली बसेका थिए।

तत्कालीन नेकपा फुटेपछि एक अर्काप्रति सार्वजनिक रुपमै कडा आरोप प्रत्यारोपमा उत्रिरहेका उनीहरु पहिलोपटक एउटै मञ्चमा देखिएका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल समयमै कार्यक्रममा पुगे पनि ओली आधा घण्टा ढिलो कार्यक्रमस्थलमा पुगेका थिए।

2

कार्यक्रममा तीनै नेताले सम्बोधनका क्रममा एकअर्काको नाम उच्चारण गरेनन्। तर छुट्टिने बेलामा भने प्रचण्ड र ओलीबीच हार्दिकता देखियो । माधव नेपाल बोलेर निस्किसकेका थिए। प्रचण्डले भने ओलीसँग केही कुराकानी गरेर नमस्कार गरी विदा भएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved