देश धर्म निरपेक्ष हुँदैन-काँग्रेस महामन्त्रीले कोइराला

  • मंसिर २४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले संविधानमा धर्म निरपेक्षता शब्द उल्लेख हुनु गलत भएको बताएका छन्।

शुक्रबार पार्टीको १४औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै कोइरालाले नेपालको संविधानमा धर्म निरपेक्षता राख्नु गलत भएको प्रतिक्रिया दिए।
‘धर्म निरपेक्षता वा सापेक्षता भन्‍ने हुँदैन, धर्म त स्वतन्त्र हुन्छ’, उनले आफ्नो व्यक्तिगत विचार भन्दै अगाडि भने,‘ संविधानमा केही त्रुटि भएको छ।’

महाधिवेशन नयाँ तागत दिन गर्ने भए पनि पछिल्लो समय नेतृत्वबारे मात्र कुरा हुने गरेको उनले गुनासो गरे। उनले अहिले राजनीतिक दलमा सिद्धान्तको लडाइ सकिएको भन्दै आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताए। नीति र कार्यक्रमबारे पर्याप्त छलफल हुनुपर्नेमा त्यसो हुन नसकेको पनि बताए ।
यसका लागि कृषि क्षेत्रलाई समेट्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved