बाँकेमा संगठन बिस्तार गर्दै नेकपा एकीकृत समाजवादी

  • मंसिर २४, २०७८
  • कालापानी मिडिया
alt

 नेपालगन्ज / नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी (एस) बाँकेले स्थानीय तहमा कमिटी गठनको कार्यलाई तीब्र पारेसंगै खजुरा २ मा आज बृहत भेलाको आयोजना गरेको छ ।

वडा भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा एसका पोलिटब्युरो सदस्य दलबहादुर सुनारले नेकपा एस खजुरामा मात्रै नभएर बाँके जिल्लामै पहिलो पार्टी भएर उभिने बताएका छन् ।

"नेकपा एस नयाँ पार्टीको रुपमा कसैले नसोच्नुस यो पार्टी नेपालको कम्युनिष्ट आन्दोलनले खार्दै तयार गरेको र कम्युनिष्ट आन्दोलनले ल्याएको उपलब्धि रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने एक मात्र पार्टी हो," सुनारले भने । कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा नम्बर २ का निर्वाचित जनप्रतिनिधि समेत रहेका नेकपा एस बाँकेका जिल्ला कमिटी सदस्य नन्दलाल गुर्तालले वडा नम्बर २ समाजबादीमय भएको जिकिर गरेका छन् ।

गुर्तालले नेकपा एकीकृत समाजबादी पार्टीलाई खजुरामा एक नम्बर पार्टी बन्नमा कसैले रोक्न नसक्ने समेत जिकिर गरे । भेलाले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी खजुरा २ को अध्यक्षमा खड्ग बहादुर मल्लको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा बलु बिक, सचिवमा प्रेम बहादुर थापा, सहसचिवमा रितिका सिंह ठकुरी, उषा उप्रेती र कर्ण बहादुर रावल चयन भएका छन् । त्यस्तै भेलाले बिमला गोतामेको अध्यक्षतामा १५ सदस्यीय अनेम संघ वडा कमिटी तथा स्वतन्त्र ददेलको अध्यक्षतामा २१ सदस्यीय युवा संघ नेपाल वडा कमिटी समेत गठन गरेको छ ।

खड्ग बहादुर मल्लको अध्यक्षतामा सम्पन्न बृहत् भेलामा नेकपा एस बाँकेका उपाध्यक्ष भद्र प्रसाद देवकोटा, प्रदेश कमिटी सदस्य लाल बहादुर खत्री, जिल्ला सचिवालय सदस्य अर्जुन उप्रेती, नेकपा एस बाँकेका नेता ऋषि पोखरेल लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै आज नै कोहलपुर २ मा वडा भेला गरी प्रताप सिंह ठकुरीको अध्यक्षतामा ४५ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा सिंहवहादुर मल्ल र टुकादेवी थापा, सचिवमा दुर्गा सुनार तथा सहसचिव यामकुमारी शर्मा रहेको नेकपा एकीकृत समाजवादी बाँकेका सचीव दिपक जि एम ले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved