अफगानिस्तानमा थप ८० लाख मानिस भोकमरीको चपेटामा

  • पुस १, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । अफगानिस्तानमा थप ८० लाख मानिस भोकमरीको जोखिममा रहेको भन्दै बेलायतका १५ संघसंस्थाले तत्काल मानवीय सहायताका लागि अपिल गरेका छन्।

सेभ द चिल्ड्रेन, इस्लामिक रिलिफ, ब्रिटिश रेड क्रससहित पन्ध्र संघसंस्थाले अफगानिस्तानका सर्वसाधारणको जीवनरक्षाका लागि अपिल गरेका हुन्।

लामो समयको युद्धका कारण उत्पन्न परिस्थितिले अहिले पनि अफगानिस्तानका २ करोड २० लाख सर्वसाधारणले भोकमरीको सामना गरिरहेको उनीहरुले बताएका छन्।

जाडो मौसममा अफगानिस्तानका ५ वर्ष मुनिका १० लाख बालबालिकाको ज्यान जानसक्ने चेतावनी ती संघसंस्थाले दिएका छन्।

करीब ३० लाख बालबालिका कुपोषणको जोखिममा रहेको जनाइएको छ। ठूलो मानवीय क्षति रोक्न र कयौं बालबालिकाको रक्षा गर्न पनि विश्व समुदायको ध्यान केन्द्रीत हुन जरुरी रहेको उनीहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

चार प्रदेशका पहाडी भ ...

​काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास छ। यसक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved