काँग्रेसमा सभापतिसहित ८ पदाधिकारी निर्वाचित, देउवा पक्षलाइ पुग्याे बहुमत

  • पुस २, २०७८
  • कालापानी मिडिया
alt

काठमाण्डाै । नेपाली काँग्रेसका १३ जना पदाधिकारी (निर्वाचित) मध्ये ८ जनाको नतिजा सार्वजनिक भएको छ । काँग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा र शेखर कोइराला पूर्ण टिमका साथ प्रतिस्पर्धामा उत्रिएका थिए । यस्तै प्रकाशमान सिंह र विमलेन्द्र निधि समूहबाट पनि सभापति, उपसभापति र महामन्त्रीमा उम्मेदवार खडा भएका थिए । सभापतिका प्रत्यासी कल्याण गुरुङ भने एकलै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

शुक्रबार विहानसम्म एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र ३ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भएको छ । जसमा देउवा समूहले सभापति, १ उपसभापति र २ सहमहामन्त्री ४ पदाधिकारी जितेको छ । यस्तै कोइराला समूहले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीसहित ३ जना पदाधिकारी जितेको छ ।

सभापतिमा पहिलो चरणका प्रत्यासी सिंह प्यानलबाट एक जना महामन्त्री विजयी भएका छन् ।दोस्रो चरणको मतदानपछि बुधबार विहान सभापतिमा शेरबहादुर देउवा पुन निर्वाचित भएका छन् भने सोही दिन राति उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । खड्का देउवा प्यानल र गुरुङ कोइराला समूहबाट उपसभापतिमा निर्वाचित भएका छन् ।

यस्तै बिहीबार अपरान्ह आएको मत परिणाम अनुसार महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । थापा कोइराला प्यानलबाट र शर्मा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा  निर्वाचित भएका छन् । सभापतिका लागि देउवालाई दोस्रो चरणमा साथ सिंह र शर्मा साथ दिएका थिए । यसअघि शर्मा देउवा नेतृत्वको केन्द्रीय समितिमा प्रवक्ताको भूमिकामा थिए ।

शर्माको उपसभापति खड्का र शर्माबीच ‘केमिस्ट्री’ मिल्ने भएकाले पनि शर्मा देउवा पक्षमै उभिने अनुमान छ ।बिहीबार राति सकिएको मतगणनाबाट सहमहामन्त्री महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी–जनजातितर्फ भिष्मराज आङ्दाम्बे, दलितर्फत जीवन परियार निर्वाचित भएका छन्  । उपाध्याय र आङदाम्बे देउवा समूह र परियार कोइराला समूहबाट सहमहामन्त्री निर्वाचित भएका हुन् । अहिले बाँकी पाँच जना सहमहामन्त्रीको मत गणना जारी छ । एक जना कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved