देउवालाई शुभकामना दिँदै शेखरले भने– उहाँले चुनाव जित्नुभो, हामीले मन जित्यौँ

  • पुस २, २०७८
  • कालापानी मिडिया
alt

काठमाण्डाै । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिमा पराजय बेहोरेका शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई शुभकामना दिएका छन् । शुक्रबार विज्ञप्ति जारी गरेर कोइरालाले देउवालाई उनर्क कार्यकालमा पार्टीको गौरव पुनर्स्थापना होस् भन्दै शुभकामना दिएका हुन् ।

सभापतिका लागि भएको दोस्रोे चरणको मतदानमा कोइराला देउवासँग पराजित भएका थिए । ‘सभापतिमा निर्वाचित हुनुभएको देउवाजीलाई बधाई र शुभकामना दिन चाहन्छु’, उनले भनेका छन्, साथै उहाँको कार्यकालमा नेपाली कांग्रेसको गौरव पुनर्स्थापित हुनेछ भन्ने विश्वास पनि गर्दछु ।’

यस्तै, उनले महाधिवेशनमा आफू पार्टी सभापतिमा पराजित भएपनि मत जित्न सफल भएको बताए । ‘केही मतबाट पराजित भए पनि हामीले प्रतिनिधि साथीहरू र लोकतन्त्रवादीहरूको ‘मन’ जित्न सफल भएका छौँ’, उनले भनेका छन्, ‘पार्टीभित्र मात्र होइन, पार्टीबाहिरका आम लोकतन्त्रवादीहरू बीच पनि हामीले काङ्ग्रेसप्रति आकर्षण बढाएका छौँ, भरोसा र विश्वासको वृद्धि गराएका छौँ ।’

आफूलाई प्राप्त मतले काङ्ग्रेस सुधारको प्रक्रियालाई अगाडि बढाउने थप जिम्मेवारी आफ्नो काँधमा आएको बताउँदै उनले भनेका छन्, ‘मलाई प्रतिनिधि साथीहरूबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु । प्रतिनिधि साथीहरूले मप्रति देखाएको विश्वास र भरोसाप्रति म अविचलित रहने प्रण गर्दछु ।’

‘पार्टीभित्र रुपान्तरण र परिवर्तनको यो लडाइँ हामीलाई सहज थिएन । देउवासँग मात्र हामी प्रतिस्पर्धा गरिरहेका थिएनौँ । पार्टीभित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रवृति, गलत संस्कृति र संस्कारविरुद्ध हामी लडिरहेका थियौँ । हामी लडिरहेका थियौँ पार्टीभित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधानविपरीत हुने निर्णय विरुद्ध’, उनले भनेका छन्, ‘पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नको लागि राजनीतिक सिद्धान्त थियो । हामीसँग उर्जावान युवाहरूको समूह थियो । पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामीविरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौँ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved