काङ्ग्रेसका खुल्ला केन्द्रीय सदस्यको मतगणना १० बजेबाट

  • पुस ३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौँ । नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ३५ जना खुल्ला केन्द्रीय सदस्यको मतगणना शनिबार (आज) बिहान १० बजेदेखि सुरु गरिने भएको छ । काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले बिहान १० बजेदेखि पार्टी केन्द्रीय कार्यालय, सानेपामा खुल्लातर्फका ३५ केन्द्रीय सदस्यको मत गन्न थालिने जानकारी दिएको हो ।

समितिका संयोजक गोपालकृष्ण घिमिरेले शुक्रबार विज्ञप्ति जारी गर्दै मतगणनाका लागि उम्मेदवार वा एकजना प्रतिनिधि मगतणनास्थल सानेपामा पठाइदिन पनि आग्रह गरेका छन् ।

यसअघि पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा पूर्वमन्त्री अर्जुनबहादुर सिंह निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम् प्रतिस्पर्धी दीपकजङ्ग शाहीलाई पराजित गरे । 

त्यसअघि केन्द्रीय सदस्य प्रदेश नं २ (महिला) एक पदमा चित्रलेखा यादव निर्वाचित भइसकेकी छन् । यादवले शेखर कोइराला समूहकी गीता चौधरीलाई ८४६ मतान्तरले पराजित गरिन् ।

त्यसअघि नै प्रदेश २ को भूगोलतर्फ पुरुषमा देउवा पक्षका आनन्द ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका थिए ।​​​​​​​

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved