साफ महिला फुटबल च्याम्पियनसीप : भूटानलाई हराउँदै नेपाल फाइनल नजिक

  • पुस ३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैँ ।  यू–१९ महिला साफ फुटबल च्याम्पियनसीपमा नेपाल भूटानलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा आज भएको खेलमा भूटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो ।

नेपालसँग पराजित भएसँगै भूटान लिग चरणबाटै बाहिरिएको छ ।नेपालको जितमा मेनुका आले मगरले २ गोल गरिन् भने कुसुम खतिवडा र रजनी थोकरले समान १/१ गोल गरे । जितपछि अपराजित रहेको नेपालले चार खेलबाट सात अङ्क जोडेको छ ।

नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अब नेपालले लिगको अन्तिम खेल भारतसँग यही पुस ४ गते खेल्नेछ । नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गरेको थियो ।

यसअघि भूटानले पहिलो खेलमा श्रीलङ्कलाई ५–० गोलले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बङ्गलादेशसँग भूटान ६–० गोलले पराजित भएको थियो भने तेस्रो खेलमा भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो ।

पाँचौमा स्थानमा रहेको श्रीलङ्का लगातार तीन खेलमा हार बेहोर्दै अङ्कविहीन छ । श्रीलङ्का उपाधि होडबाट बाहिरिएको छ । पाँच राष्ट्र सहभागी उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved