मिनेन्द्र रिजालको राजिनामाले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई तनाव !

  • पुस ३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका निवर्तमान रक्षामन्त्री मिनेन्द्र रिजालले मत परिणाम घोषणा नहुँदै राजिनामा घोषणा गरे ।मत परिणाम सार्वजनिक भएको केहीबेरमै विहिबार उनले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजिनामा बुझाए ।

‘पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त संकुचित भएको स्पष्ट छ । यस कुरालाई हृदयंगम गर्दा मैले रक्षा मन्त्री पदमा रही रहनु नैतिक रुपमा उपयुक्त हुन्न । तसर्थ रक्षा मन्त्री पदबाट राजिनामा दिएको छु,’ उनले राजिनामा पत्रमा भनेका छन्।

रक्षामन्त्री रिजालले पार्टी भित्रको आन्तरिक चुनावमा पराजित हुँदा राजिनामा दिएपछि उनको तारिफ भइरहेको छ । उनले नैतिकताको खडेरी लागेको नेपालको राजनीतिमा उच्च राजनैतिक चरित्र प्रदर्शन गरेको भन्दै चौतर्फी प्रशंशा भइरहेको छ । किन भने दुई पटकसम्म गरेको संसद विघटन सर्वोच्च अदालतबाट अवैधानिक ठहर हुँदा समेत नैतिकताको आधारमा राजिनामा नदिने निवर्तमान प्रधानमन्त्री केपी ओलीले नै सबैभन्दा धेरै नैतिकता र सुशासनको भाषण गर्ने देश हो यो ।

रिजालको राजिनामाले सबैभन्दा ठूलो नैतिक संकट एक जना मुख्यमन्त्रीलाई परेको छ । सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई नैतिक संकट परेको हो ।

सहमहामन्त्रीमा पराजित भएपछि उनलाई मिनेन्द्रकै सिको गर्ने की नगर्ने भन्ने दुविधा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved