भारतमा महिलाको विवाह-योग्य उमेर २१ वर्ष बनाइँदै, अन्य देशमा कति छ?

  • पुस ३, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । भारतमा महिलाको विवाह गर्ने न्यूनतम उमेर हद बढाइने भएकाे छ। त्यहाँको मन्त्रिपरिषद्ले महिलाका लागि विवाहको न्यूनतम उमेर हद २१ वर्ष पुर्याउने निर्णय गरेको हो। 

हाल भारतको कानुनमा विवाहका लागि महिलाका हकमा १८ वर्ष पुगेको भए पुग्ने व्यवस्था छ। पुरुषको विवाह गर्ने न्यूनतम उमेर भने २१ तोकिएको छ। अब महिलाको पनि विवाहयोग्य उमेर हद २१ बनाउने निर्णय भारत सररकारले गरेको हो। 

अब कानुन संशोधन गरी उक्त नियम लागू हुने गरिने  भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तर यो प्रक्रिया पूरा गर्न केही समय लाग्ने बताइएको छ। 

विवाहको उमेर हदबारे अहिलेको भारतीय कानुन सन् १९५५ मै बनाइएको हो। त्यसको झन्डै ६७ वर्षपछि पुरुष–महिला दुवैको विवाहयोग्य उमेर समान बनाउन लागिएको हो। 

हाम्रो देशमा भने मुलुकी संहिता २०७४ जारी भएयता महिला र पुरुष दुवैका लागि विवाहयोग्य उमेर समान २० वर्ष नै तोकिएको छ। यसअघि भने विवाहका लागि न्यूनतम उमेर हद भारतमा जस्तै महिलालाई  १८ र पुरुषलाई २० वर्ष तोकिएको थियो। 

अन्य देशमा के छ व्यवस्था?

मुलुकपिच्छे विवाहयोग्य उमेर फरक फरक तोकिएका छन्। अमेरिकामा महिला–पुरुष दुवैका लागि १८, चीनमा पुरुषका लागि २२ र महिलाका लागि २०, जर्मनमा महिला र पुरुष दुवैका लागि १८, फ्रान्समा पनि १८, स्पेनमा १६ तथा बंगलादेशमा पुरुषका लागि २१ र महिलाका लागि १८ वर्ष विवाह-योग्य उमेर मानिएको छ। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved