कञ्चनपुरमा प्रहरी विरुद्ध फेसबुकमा जथाभावी लेख्ने युवक पक्राउ

  • माघ ३, २०७६
  • कालापानी मिडिया
alt

कञ्चनपुर । कञ्चनपुरमा प्रहरी विरुद्ध सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेखेको भन्दै एक युवक पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर २ बसन्तथलाका २२ वर्षीया पारसमणी जोशीले फेसबुकमा वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक मोहनजंग बुढाथापा विरुद्ध जथाभावी लेखेको भन्दै पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले जोशीलाई सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेखेको भन्दै पक्राउ गरी अनुसन्धान भईरहेको जानकारी दिए। चन्दका अनुसार अनुसन्धानपछि जोशी विरुद्ध साईबर अपराध अन्तरगत मुद्धा चलाईनेछ। जोशीले वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक बुढथापा विरुद्ध अश्लील शब्द लेखेर व्यक्तिगत चरित्र हत्या गरी सामाजिक प्रतिष्ठामा समेत खलल पु¥याएको दावी गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

चार प्रदेशका पहाडी भ ...

​काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास छ। यसक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved